Redirecting...

अमेरिका–रुस तनाव: तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने - ukaalo.com

अमेरिका–रुस तनाव: तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर पुग्न सक्ने - ukaalo.com
Source: uklo

अमेरिका र रुसबीचको तनावका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ। रुसले विश्वव्यापी तेल आपूर्ति शृंखलामा बाधा पुर्‍याउने खतरा रहेको विज्ञहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ। “भूराजनीतिक जोखिम बढ्दै जाँदा तेलको मूल्यमा उच्च दबाब पर्न सक्छ,” भेन्चुरामा कमोडिटीज तथा सीआरएम प्रमुख एनएस रामास्वामीले भने, “ब्रेन्ट आयल (अक्टोबर’२५) सम्म ७२.०७ अमेरिकी डलरबाट ७६ अमेरिकी डलरको पुग्न सक्छ।” वर्षको अन्त्य २०२५ मा ८० देखि ८२ अमेरिकी डलर पुग्न सक्ने उनले अनुमान गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न रुसलाई दुई हप्ता समयसीमा दिएका छन्। जुन असफल भएमा रुससँग व्यापार गर्ने देशमा थप प्रतिबन्ध र १०० प्रतिशतको दोहोरो करको जोखिम छ, जसले तेलको मूल्यलाई बढवा दिनेछ। अमेरिकी राष्ट्रपति ट्रम्पको यो कदमले तेलको मूल्यलाई अझ बढाउन सक्छ, किनकि रुसी कच्चा तेलमा निर्भर देशहरूले सस्तो तेल किन्न र अमेरिकामा भारी निर्यात करको सामना गर्नेबीच कठिन विकल्पको सामना गर्नुपर्ने एएनआईले उल्लेख गरेको छ। विज्ञहरूले भनेका छन् कि सन् २०२६ सम्ममा तेलको मूल्य उच्च हुने सम्भावना छ। ऊर्जा विज्ञ नरेन्द्र तनेजाल भन्छन्, “रुसले विश्वव्यापी (तेल) आपूर्ति प्रणालीमा ५० लाख ब्यारेल तेल निर्यात गर्दछ। कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढ्नेछ– प्रतिब्यारेल १०० देखि १२० अमेरिकी डलरसम्म पुग्नेछ।’ (एएनआई)