Redirecting...

यी हुन् नाइमा एक्स्पोका सर्वाधिक १० महँगा गाडी‍ - kendrabindu.com

यी हुन् नाइमा एक्स्पोका सर्वाधिक १० महँगा गाडी‍ - kendrabindu.com
Source: kend

काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सवारीसाधन प्रेमीहरूको आकर्षणको केन्द्र बनिरहेको छ । प्रदर्शनीमा १८ लाखदेखि ३ करोड ७० लाखसम्मको गाडी देख्न सकिन्छ, जहाँ टोयोटाको ल्याण्ड क्रुजरदेखि मित्सुवी, म्याक्सस, हुन्डाई, माज्दा जस्ता ब्राण्डका महंगा गाडीहरू प्रदर्शनीमा राखिएका छन् । ५० भन्दा बढी ब्रान्डहरू सहभागी प्रदर्शनीमा अटो मोबाइल कम्पनीहरूले आ–आफ्ना मोडेलमा आकर्षक छुट, सस्तो ब्याजदरमा फाइनान्स, एक्सचेन्ज अफर र विभिन्न गिफ्ट योजना प्रस्तुत गरेका छन् । एक्स्पोकै सर्वाधिक महंगा गाडीहरु- टोयोटाको ल्याण्ड क्रुजर २५० टोयोटाको ल्याण्ड क्रुजर २५० एक्स्पोकै सबैभन्दा महँगो गाडी हो । जापनिज ब्राण्डको यो गाडीको नेपालका लागि आधिकारिक वितरकमा यूनाइटेड ट्रेडर्स सिण्डीकेट रहेको छ । यो गाडीको मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको छ । उच्च सुरक्षा फिचरका कारण यो गाडी महँगो सूचीमा पर्दछ । टोयोटा ल्याण्ड क्रुजर प्राडोको नयाँ भर्सन नेपालमा बिक्री सुरू भएको हो । टोयोटा प्राडो एलसी २५० दुई र तीन रो सिटको साथ उपलब्ध भएको छ । नयाँ प्राडोमा २० इन्चको आल्मुनियम ह्वील, रेन सेन्सिङ वाइपर, मस्कुलर फ्रन्ट बम्पर, अटोमेटिक हेडल्याम्प, ठूलो एयर ड्याम, फगल्याम्प, मडगाड, विन्डो डिफगर, रियर स्पोइलर जस्ता आवश्यक फिचर यसमा छन् । टोयोटाले एलसी २५० मा क्रुजकन्ट्रोल, कुल्ड बक्स, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरूफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, ड्युल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ दिइएको छ । त्यसैगरी, प्रदर्शनीमा राखेको टोयोटाकै हाइब्रिड इलेक्ट्रिकको मूल्य २ करोड ७ लाख र यारिस क्रसको मूल्य १ करोड २९ लाख रुपैयाँ रहेको छ । यो पनि महँगो गाडीको लिस्टमा रहेको छ । नेपालका लागि यी गाडी प्रिमियम सेग्मेन्टमा पर्दछ । ग्रेटवाल मोटर्सको ट्यांक ५०० नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी भीजी इम्पेक्स प्रालीले ट्यांक ५०० मोडलको हाइब्रिड गाडी प्रदर्शनीमा राखेको छ, जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ रहेको छ । फुल्ली डिजिटल ड्यासबोर्ड रहेका ट्यांक ५०० मा एप्पल कारप्ले तथा एण्डरोइड अटो सहितको १४.६ इन्चको सेन्टर इन्फोटेन्मेन्ट स्क्रीन र १२.३ इन्चको डिजिटल इन्टुमेन्टल क्लस्टर रहेको छ । यममा १२ वटा इन्फिनिटीको स्पीकर, वायरलेस फोन चार्जर, एचयूडी डिस्प्ले, प्यानारोमिक सनरुफ, फ्रन्ट राडार रहेको छ । हाइब्रिड इन्जिन रहेको जीडब्ल्यूएमको ट्याङक ५०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन तथा ७५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो इन्जिनसँग ९ स्पीडको हाइड्रोलिक अटोमेटिक गियरबक्स रहेको छ । हाइब्रिड पावरट्रेनका लागि यो एसयूभीमा इलेक्ट्रीक मोटर र १.७५ किलोवाट अवारको ब्याट्री रहेको छ । यी दुवै मोटरको कम्बाइन पावर ३४६ हर्सपावर र ६१५ न्युटन मिटरको टर्क रहेको छ । मित्सुबिशीको पजेरो स्पोर्ट भिक्टोरी मोटर्स नेपाल प्रालिले मित्सुबिशीको पजेरो स्पोर्ट गाडी नाइमा मोबिलिटी एक्सपोमा प्रदर्शनीमा राखेको छ । जसको मूल्य २ करोड १४ लाख तोकिएको छ । सो गाडीमा २.४ लिटर मिभेस टर्बो डिजेल इन्जिन रहेको छ, जसले ४३० एनएम टर्क उत्पादन गर्दछ । ६८ लिटरको इन्धन ट्यांकी रहेको यो गाडीमा सुपर सेलेक्ट आईआई ४डब्लुडी ड्राइब प्रणाली रहेको छ । ७ जनासम्म बस्न मिल्छ भने ८ इन्चको टचस्क्रीन डिस्प्ले रहेको छ । ग्राउण्ड क्लियरेन्स २१५ मिमि, ४एच र ४एचएलसी अफरोड मोडहरु रहेको छ । गाडीमा लेजरको सिट रहेको छ किया ईभी९ कियाको ब्राण्डको ईभी९ नाइमा मोबिलिटी एक्सपोमा देख्न सकिन्छ । सो गाडीको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ रहेको छ । कन्टिनन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि कियाको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी हो । किया ईभी९ मा १६० किलोवाटरको मोटर र ७७ किलोवाट आवरको ब्याट्री छ । रियर ह्विल ड्राइभमा उपलब्ध सो इलेक्ट्रिक एसयूभीले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी९ले ३५० किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । कारमा उपलब्ध इन्नोभेटिभ डिजाइन र फराकिले सेभेन–सीट इन्टेरियर रहेको छ । प्युजो ३००८ नाइमा एक्स्पोमा महँगो एसयुभी कार प्युजो ब्राण्ड पनि राखिएको छ । नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी सांग्रिला मोटर्सले प्युजो ३००८ शोमा प्रदर्शन राखेको यसको मूल्य १ करोड ७५ लाख रुपैयाँ रहेको छ । यसमा स्पीड लिमिट रिकग्निसिन, डिस्ट्यान्स अलर्ट, ड्राइभर एटेन्सन अलर्ट, लेन डिपर्चर वार्निङ लगायतका फिचर्स छन् । त्यसैगरी फ्रन्ट एउण्ड रेयर पार्किङ सेन्सर, रिभर्सिङ क्यामेरा, लेदर स्र्पोटस स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल विद स्पीड लिमिटर, डुअल जोन क्लाइमेट कन्ट्रोल, डुअल जोन क्लाइमेट कन्ट्रोल छ । ५ सिटे यो गाडीमा रेयर एयर भेन्ट्स, अटो डिमिङ रियर भ्यु मिरर, ड्राइभर स्र्पोटस प्याक, पावर स्टेयरिङ, गेयरबक्स रेसपोन्स लगायतका फिचर्स पनि छन् । यसमा १.६ लिटरको टर्बो पेट्रोल इन्जिन छ । यो युरो ६ मापदण्डमा आधरित भएर तयार भएको हो । यसले उत्कृष्ट माइलेजका साथमा रोड पर्फमेन्स पनि दिने दावी कम्पनीको छ । यसमा पानोरोमिक सन रुफ विद एम्बियन्ट लाइटिङ ब्लाइण्डको पनि सुविधा पनि रहेको छ । माज्दाको सीएक्स ५ एडब्लुडी एक्स्पोमा जापानिज ब्राण्ड माज्दाको सीएक्स ५ एडब्लुडी गाडी पनि देख्न सकिन्छ। पारामाउन्ट मोटर्सले नेपाल यो गाडीको मूल्य १ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ । सो गाडीमा २.५ लिटर ईनलाईन ४ डीओएचसी स्क्याटीभ पेट्रोल इनजीन रहेको छ, जसले २५२ एनएम टर्क उत्पादन गर्दछ । ५८ लिटरको इन्धन ट्यांकी रहेको सो गाडीको लम्बाई ४ हजार ५५० मिमि र चौडाई १ हजार ८४० मिमि, ग्राउन्ड क्लियरेन्स २०० मिमि र ब्यागेज स्पेस ५०६ लिटरको रहेको छ । म्याक्ससको मिफा ७ एमपीभी म्याक्सस ब्राण्डको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी हिमालय मोट्रक्सले नाइमामा म्याक्सस मिफा ७ एमपीभी ईभी सार्वजनिक गरेको छ । चिनियाँ ब्राण्डको यो गाडीको मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ। नाइमाको अवसरमा १ करोड १५ लाखमा सो गाडी किन्न पाइन्छ। नाइमामा १० लाख छुटसहित १ करोड १५ लाखमा सो गाडी किन्न पाइन्छ। यो मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ । ७ सिटर मिफा ७ मा ९० किलोवाट आवरको ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ६३५ किलोमिटर रेन्ज दिने डब्लूटीपीले प्रमाणित गरेको छ । यो डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । मिफा ७ मा १८० किलोवाटको हाइ पर्फमेन्स इलेक्ट्रिक मोटर छ, यसले ३५० न्यूटन मिटर टर्क जेनेरेट गर्दछ । मिफा ७ मा स्लाइडिङ ढोका, एईर्बी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडष्टिभ कुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स छन् । यसले युरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ छ । कम्पनीले मिफा ७ को ब्याट्रीम ८ वर्ष वा २ दुई लाख किमी र मोटरमा ५ वर्ष वा १ लाख किमीको वारेन्टी दिएको छ । काठमाडौं । नेपाली बजारमा म्याक्ससको मिफा ७ एमपीभी सार्वजनिक भएको छ । हुन्डाईको आयोनिक ५ ईभी एक्स्पोको महँगो गाडीमध्ये अर्को हाे, हुन्डाईको आयोनिक ५ । सो गाडीको मूल्य १ करोड ७ लाख रुपैयाँ रहेको छ। हुन्डाई ब्राण्डको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले आईओनिक ५ ईभी नाइमा मोबिलिटी शोमा प्रदर्शनीमा राखेको छ । यो प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक–५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो। हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो। आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी रहेको कम्पनीको दाबी छ, यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ । नेपाली बजारमा प्रिमियम ईभी चढ्न चाहनेहरूको लागि आयोनिक ५ एक उत्कृष्ट रोजाइ बन्न सक्छन । उक्त गाडी अत्याधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने विश्वास कम्पनीले लिएको जनाएको छ । यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टू लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । माथि उल्लेखित सबै गाडी एक करोडमाथिका मूल्य भएका लग्जरी गाडी हुन् । फक्सवागनको ‘भर्टुस’ सेडान विद्युतीय कारको दबदबा रहेको नाइमा मोबिलिटी एक्स्पोमा टोयोटा र फक्सवागन बाहेक बाँकी सबै फोर–ह्विलर ब्रान्ड हुन् । नाइमामै लन्च भएको फक्सवागनको ‘भर्टुस’ सेडानले पनि ग्राहक आकर्षित गरिरहेको छ । ‘भर्टुस’ सेडान अटोमेटिकको मूल्य ८९ लाख र म्यानुअलको मूल्य ८४ लाख रुपैयाँ निर्धारण गरेको छ । यो पनि महँगो गाडीको लिस्टमा रहेको छ । जर्मन ब्राण्ड फक्सवागनले भारतमा उत्पादन गरेको भर्टुसमा १.० लिटर टीएसआई इन्जिन रहेको छ। कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार पारेको भर्टुसमा स्लीक र्यापी अराउण्ड हेडलाइट दिइएको छ। कम्पनीले भर्टुसको ग्रिल र बम्परमा टेस्टफुल क्रोम एसेन्टको प्रयोग गरेको छ। भर्टुसको लम्बाइ ४५४१ एमएम, चौडाइ १७५२ एमएम र उचाइ १४८७ एमएम छ। यसमा २ हजार ६५१ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ। कारमा ५२१ लिटरको बुट स्पेस छ। निकै मोर्डन क्याविन लेआउट भएको भर्टुसमा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ। फक्सवागनको भर्टुसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, अटोमेटीक हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, एम्बियन्ट लाइट, कुल्ड ग्लोबवक्स, टीपीएमएस, इएससी, इडीएस जस्ता आधुनिक फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । एलईभी–एक्स त्यसैगरी चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले एलईभी–एक्स ल्याएको छ । जसको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ रहेको छ । नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी–एक्स आगामी महिना हुने नाइमा नेपाल मोविलिटी एक्स्पोमा प्रदर्शनीमा राखेको हो । कम्पनीका अनुसार एलईभी–एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ। साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ। एलईभी–०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ। कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो। सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको दाबी छ। नाइमामा १८ लाखमाथिको गाडीदेखि १६ लाख रुपैयाँसम्मको मोटरसाइकल उपलब्ध छन्। ३० लाखभन्दा कम मूल्यका गाडी रोज्नेहरूका लागि बीवाइडी एटो वान, केयी ई क्यूट जेरो ४, कामा ईभीको ई डब्ल्यूवान र ईडब्ल्यू२, हेनरी भोल्ट्सको ’मोडल सी प्रो, केयी ई क्यूट जेरो टु र हेनरी भोल्ट्स एच जस्ता सस्ता मोडलहरू पनि एक्स्पोमा उपलब्ध छन्।