चेतन काफ्लेकाे तीन मुक्तक - sahityapost.com
Source: shpt
१ ठान्या होला यो बाटा लागे राम्रो झन् अर्को आउँछथाहा नहोला अर्कोसँग झन् झर्कोफर्को आउँछ।समयमै विचार पुर्याएनौ भने हेर जीवनमाअर्को सँगसँगै समस्याहरूको झन् लर्को आउँछ। २ झुपडबस्तीहरूमा विकासको लहर आएको छबेरोजगारले रोजगारसँगै मासुभात पाएको छ ।यस्तो समृद्धिको माहोल हरेक वर्ष आइदिए हुनेनेताले खेतमै गएर हलीसँग मित लाएको छ । ३ कहिले पापी पेटका लागि जिउन भातसँग लडेँकहिले चुहिएको छानोमा अनिदा रातसँग लडेँ।लड्नु, उठ्नु र तिर्खाउनु नै जिन्दगी रहेछ साथीकहिले आफन्त भन्नेहरूले दिएको घातसँग लडेँ।