Redirecting...

प्रेस चौतारी नेपालले गर्याे संगठनका पूर्व र निवर्तमान अध्यक्षलाई केन्द्रीय सदस्य जिताउन महाधिवेशन प्रतिनिधिलाई अपिल  - janatatimes.com

प्रेस चौतारी नेपालले गर्याे संगठनका पूर्व र निवर्तमान अध्यक्षलाई केन्द्रीय सदस्य जिताउन महाधिवेशन प्रतिनिधिलाई अपिल  - janatatimes.com
Source: jant

काठमाडौं, पुस १ । प्रेस चौतारी नेपालले संगठनका पूर्व र निवर्तमान अध्यक्ष वरिष्ठ पत्रकार राजेन्द्र अर्याल र गणेश बस्नेतलाई नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा विजय गराउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेको छ। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले गणेश बस्नेत र राजेन्द्र अर्याल नेपाली पत्रकारिताको इतिहासमा राजतन्त्रविरुद्ध सक्रिय रहँदै जनपक्षीय पत्रकारितामार्फत मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) प्रवर्द्धन गर्न निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभएको छ। महासचिव लामाले उहाँहरू केवल कलमका सिपाही मात्र नभई हरेक जनआन्दोलनका सहयात्री र साक्षी समेत रहेको बताउनुभएको छ। सत्ताको पक्षमा होइन, सत्य र जनताको पक्षमा उभिने पत्रकारिता उहाँहरूको पहिचान भएको उहाँको भनाइ छ। उहाँहरूले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारका रूपमा पार्टी र आन्दोलनको सेवामा आफूलाई प्रस्तुत गर्नुभएको जनाइएको छ। लामाले प्रेस चौतारी नेपाल तथा पार्टीका सबै तहका कमिटी, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई गणेश बस्नेत र राजेन्द्र अर्याललाई मतदान गर्न निर्णायक पहल गर्न हार्दिक अनुरोध गर्नुभएको छ। उहाँले क्रान्तिकारी पत्रकारिताको अनुभव, वैचारिक स्पष्टता र संगठनप्रतिको प्रतिबद्धता आज पार्टीको केन्द्रीय नेतृत्वमा अत्यन्त आवश्यक रहेको पनि औँल्याउनुभएको छ।