धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा - nagariknews.nagariknetwork.com
Source: ngrk
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पदबाट राजीनामा दिएका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार (आज) पदबाट राजीनामा दिएका हुन्।साम्पाङले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्।हस्तलिखित राजीनामा पत्रमा उनले भनेका छन्, ‘यही २०८२/११/२१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखको पदबाट राजीनामा दिएको छु।’काठमाडौंका मेयर बालेन शाहले राजीनामा दिएकै दिन धरानका मेयर साम्पाङले पनि राजीनामा दिए हुन्।