तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द - www.onlinepana.com
Source: onpa
चितवन । चितवनको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठकाअनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको हो । यस्तै चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत विद्युतीकरणको तारमा सडकको चौडाइ फराकिलो बनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उनले जानकारी दिए । The post तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).