कविता : आशा / निराशा - sahityapost.com
Source: shpt
(लघुकविता) मनको अँध्यारो हटाउनसमयले झ्यालमैजून राखिदिएको बेलाबुझ्नुपर्छ कि बिहानी नजिकै छजुन बिहानी भित्र्याउन थाकेकाएक–एक प्रतीक्षा–क्षणहरूसमयमै उठ्न जरुरी छ ।मौका मौकाको कुरा होसुस्केराहरू पनि शक्तिमासाटिन सक्छन्मात्र समयमै जुट्न जरुरी छ । त्रासमा बाँच्नु जति थियो बाँचियोरुन्चे हाँसो जति हाँस्नु थियो हाँसियोअब पनि त्यही जिन्दगी जिउने हो भनेकसलाई के नै भन्नु छ र ?होइन भनेबाँच्ने ढङ्ग र हाँस्ने रङ्ग बदल्ने हो भनेआफूलाई नढाँटीसमयको साथ र हातमा छाप भएको बेलादेशलाई शिरमा राखेरआगो थेग्न परे थेग्न सक्नुपर्छ ।निराशाहरू चिहानसम्म पुग्नुअघिआशाले बाटो छेक्न सक्नुपर्छ ।