रविलाई निर्वाचनमा लखेट्ने महेश बस्नेतको चेतावनी - arthasarokar.com
Source: aths
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बहिष्कार गर्ने बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको निर्वाचन केन्द्रित विशेष जनसभामा बोल्दै बस्नेतले यस्तो बताएका हुन् । उनले लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै निर्वाचनमा बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्नेसमेत बताएका छन् । ‘…सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेट्ने हो । यसपालिको आन्दोलनको एजेण्डा यही हो ।’, बस्नेतले भने, ‘१० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमती लिएर हिँडेको छ ।’ त्यस्तै, उनले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत दाबी गरेका छन् ।