Redirecting...

नाडा अटो शो २०२५: नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय - nagariknews.nagariknetwork.com

नाडा अटो शो २०२५: नेपालको अटोमोटिभ उद्योगमा नवप्रवर्तन र उत्साहको नयाँ अध्याय - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौं ३ गतेदेखि काठमाडौंमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागेको हो । नाडाले यसपालि ‘गो फर मोर’ भन्ने मूल नारासहित अटो क्षेत्रका नवीनतम प्रविधिहरू र स्मार्ट मोबिलिटी समाधानहरू प्रस्तुत गरिने जनाएको छ । नाडाले मंगलबार पत्रकार सम्मेलन गर्दै नाडाले प्रदर्शनीको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने तय भएको जानकारी दिएको हो । अटो शो प्रविधि, स्मार्ट मोबिलिटीको उज्यालो बाटो र स्वदेशी उत्पादनको उजागर मञ्च बन्ने नाडाको दावी छ । नाडाले भन्यो, ‘यो प्रदर्शनी केवल सवारी साधनहरूको प्रदर्शनी मात्रै नभई, नेपालको अटोमोटिभ भविष्यतर्फको यात्रा हो । जहाँ दिगोपन, स्वचालन र स्मार्ट सोचको संगम पनि हुनेछ ।’ अटो शोको विशेष आकर्षणमध्ये युनिट्री रोबोट्स र दीपल ईभीटिओएल यूएभी (सहरी हवाई मोबिलिटीको झलक दिने प्रविधि) प्रमुख रूपमा रहनेछन् । यी प्रविधिहरू नेपालमा पहिलोपटक सार्वजनिक रूपमै प्रस्तुत गर्ने तयारी नाडाको छ ।ब्रान्ड र प्रदर्शकको बाक्लो उपस्थितियस वर्षको अटो शोमा १९ वटा यात्रुवाहक गाडी ब्रान्डहरू सहभागि हुनेछन् । यस्तै, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्डहरू तथा ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिनेछ । ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकसहित ३५ कम्पनीका छुट्टाछुट्टै स्टल रहने नाडाले जनाएको छ । कुल १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने अनुमान गरिएको छ । नाडाले प्रदर्शनीको एक लाखभन्दा बढी दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरेको छ । के छन् विशेष आकर्षणहरू ?प्रदर्शनीमा ऐतिहासिक सवारी साधानहरु राखिनेछन् । विन्टेज मोटर शो, मेड इन नेपाल प्याभिलियन र सेमिनार तथा अन्तरक्रिया पनि रहने छ । विन्टेज मोटर शो अन्तर्गत मोरिस माइनर, फिएट, प्यूजो, बीटल, मिनी कूपर, मर्सिडिज बेंज, टोयोटा आरटी४०, टोयोटा कोरोल्ला लगायत क्लासिक कारहरू प्रदर्शन गरिनेछ । ‘मेड इन नेपाल प्याभिलियन’ अन्तर्गत स्वदेशी उत्पादन र नवप्रवर्तनलाई प्राथमिकता दिइनेछ । यस्तै, सेमिनार तथा अन्तरक्रियामा ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा आधारित गोष्ठी, कार्यशाला तथा विशेषज्ञ संवादहरू आयोजना गरिने नाडाले जनाएको छ ।सहजता र सुरक्षाको पनि विशेष ख्यालः टिकट र अफरशोको दौरान आगन्तुकहरूको सुरक्षालाई ध्यानमा राखिएको नाडाले जनाएको छ । विभिन्न जोनमा विभाजन, मेडिकल टोलीको व्यवस्था, ट्राफिक सूचना सहायता डेस्क, आगलागी नियन्त्रण र निगरानी प्रणाली समेत परिचालन गरिनेछ । कार्यक्रमको एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती बाइ आईएमई’ रहनेछ । खल्तीमार्फत भदौ २ गतेसम्म अग्रिम टिकट खरिद गर्ने दर्शकले २० प्रतिशत क्यासब्याकको सुविधा पाउनेछन् । अटो शोको टाइटल स्पोन्सर भने एमएडब्ल्यु वृद्धि रहेको छ । यस्तै, को–स्पोन्सरमा शिखर इन्स्योरेन्स रहनेछ भने मोबिलिटी पार्टनर यांगो रहने छ । यसैबीच, नेपाल ल्युब तेलले शोका क्रममा १२ जना भाग्यशाली विजेतालाई एक वर्षका लागि निःशुल्क ल्युब्रिकेन्ट सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।