Redirecting...

चुनावका लागि अझै ढुक्कको वातावरण बनेको छैन, चुनाव भए बंगलादेशकाे जस्तै परिणाम आउँछ : केपी शर्मा ओली - janatatimes.com

चुनावका लागि अझै ढुक्कको वातावरण बनेको छैन, चुनाव भए बंगलादेशकाे जस्तै परिणाम आउँछ : केपी शर्मा ओली - janatatimes.com
Source: jant

भद्रपुर, फागुन ३ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि अझै पनि ढुक्कको वातावरण नबनेको बताउनुभएको छ। काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागिरहेको भए पनि समग्र वातावरण विश्वस्त हुने गरी तयार नभएको उल्लेख गर्नुभयो। यस विषयमा सरकारले धेरै कुरा बुझ्न र सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो। अध्यक्ष ओलीले निर्वाचन भए बंगलादेशमा जस्तै परिणाम आउन सक्ने संकेत गर्दै त्यहाँ सम्पन्न निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुन सक्ने उहाँको दाबी थियो। उहाँले आफ्नो निर्वाचन क्षेत्रमा अधिकाँश मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने इच्छा रहेको बताउँदै घरदैलो कार्यक्रमलाई तीव्रता दिने जानकारी दिनुभयो। यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट गर्नुभएको थियो। अध्यक्ष ओलीको आगामी कार्यक्रम दमक क्षेत्रमा केन्द्रित रहने जनाइएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहनुभएका अध्यक्ष ओली २०४८ सालदेखि सोही क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ।