Redirecting...

सैयारा कलेक्शनको १६ औं दिन: सलमानको ‘सुल्तान’, ऋतिकको ‘वार’ र रणवीरको ‘पद्मावत’ खतरामा ! - joynepal.com

सैयारा कलेक्शनको १६ औं दिन: सलमानको ‘सुल्तान’, ऋतिकको ‘वार’ र रणवीरको ‘पद्मावत’ खतरामा ! - joynepal.com
Source: joyn

काठमाडौँ – बलिउडमा अहिले सबैभन्दा बढी चर्चा कमाइरहेको फिल्म ‘सैयारा’ ले आफ्नो प्रदर्शनको १६ औं दिनमा पनि बक्स अफिसमा धमाका नै मच्चाइरहेको छ। यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको र ‘जेहर’ निर्देशक मोहित सुरीद्वारा निर्देशित चलचित्र ‘सैयारा’ ले प्रदर्शनको १६ औं दिनसम्म आइपुग्दा बक्स अफिसमा धमाका मच्चाइरहेको हाे । नयाँ अनुहार अहान पाण्डे र अनित पद्डा अभिनीत यो फिल्मले लगातार उत्कृष्ट व्यापार गर्दै ‘छवा’पछि २०२५ को दोस्रो सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बन्न सफल भएको छ। सैयाराले अत्यन्तै प्रतिस्पर्धात्मक अवस्थामा पनि उल्लेखनीय कमाइ गर्दै आएको छ। ‘सन अफ सरदार २’, ‘धडक २’, ‘किंगडम’ र अल्पबजेटको ब्लकबस्टर ‘महावतार नरसिंह’ जस्ता फिल्महरू सँगै रिलिज भए पनि ‘सैयारा’ले दर्शकको रोजाइमा आफ्नो स्थान सुरक्षित राख्न सफल भएको देखिन्छ। फिल्म समीक्षकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, १५ दिनमा फिल्मले भारतमा २९०.२५ करोड रुपैयाँको नेट कमाइ गरेको छ। १६ औं दिन साँझ ५:१० बजे सम्मको प्रारम्भिक अनुमान अनुसार, यसले थप ३.३० करोड रुपैयाँ कमाएर कुल कमाइ २९३.५५ करोड पुर्याएको छ। यद्यपि यो तथ्याङ्क अन्तिम नभई अस्थायी हो। सैकनिल्कका अनुसार ६० करोडको बजेटमा बनेको यो फिल्मले १५ दिनमै विश्वव्यापी रूपमा ४५० करोड रुपैयाँको ग्रस कलेक्शन गरेको छ। यसले बजेटको करिब ७५० प्रतिशत नाफा कमाएको हो। ‘सैयारा’ले हालै ‘कल्की २८९८ एडी’ को हिन्दी संस्करणबाट भएको कुल २९३.१३ करोडको कमाइलाई उछिनेको छ। अब फिल्म सलमान खानको ‘सुल्तान’ (३००.४५ करोड), रणवीर सिंहको ‘पद्मावत’ (३०२.१५ करोड) र ऋतिक रोशनको ‘वार’ (३०३.३४ करोड) को रेकर्डतर्फ तीव्र गतिमा अघि बढेको छ। बक्स अफिस विश्लेषकहरूका अनुसार, आगामी केही घण्टा वा सप्ताहान्तभित्र यी तीनै फिल्मको रेकर्ड ‘सैयारा’ले तोड्ने सम्भावना बलियो देखिएको छ। हाल फिल्मलाई ती रेकर्डहरू तोड्न ७ देखि १० करोड रुपैयाँ मात्र आवश्यक छ, जुन यसको निरन्तर उचाइ लिने ट्रेन्ड हेर्दा सहजै सम्भव देखिन्छ। यदि ‘सैयारा’को यही प्रदर्शन जारी रह्यो भने फिल्मले ३५० करोड क्लबमा प्रवेश गर्ने सम्भावनासमेत प्रवल देखिएको छ। यदी त्यो भयो भने नयाँ अनुहारहरूको बलमा बनेको यो फिल्मले हिन्दी फिल्म उद्योगमा नयाँ इतिहास लेख्नेछ। The post सैयारा कलेक्शनको १६ औं दिन: सलमानको ‘सुल्तान’, ऋतिकको ‘वार’ र रणवीरको ‘पद्मावत’ खतरामा ! appeared first on Joy Nepal.