Redirecting...

५ करोडले घट्यो मञ्जुश्री फाईनान्सको नाफा, अन्य सूचक कस्ता ? - bankingsamachar.com

५ करोडले घट्यो मञ्जुश्री फाईनान्सको नाफा, अन्य सूचक कस्ता ? - bankingsamachar.com
Source: bkns

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडको खुद नाफा करिब ५ करोड रुपैयाँले घटेको छ । आज प्रकाशित वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा बैंकको नाफा भारी रकमले घटेको हो । कम्पनीकाअनुसार यस अवधिमा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा ९ करोड ४२ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड ७२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी २३ करोड ७० लाख रुपैयाँ थियो । त्यस्तै, यस वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) समेत घटेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको इपीएस १४ रुपैयाँ १६ पैसाले घटेको छ ।