बागमतीका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान - ukaalo.com
Source: uklo
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर साधारणतया बदली रहने जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकीसहित देशका पहाडी भूभागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमतीका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ।