नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई - arthasarokar.com
Source: aths
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलले पाएका छन् । प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरको निर्णय अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै महानिर्देशकको पद रिक्त थियो । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट बनाउँदा भष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित क्यानका ४ कर्मचारी तथा अरु दुई जना र एक कम्पनीविरुद्ध बुधबार मुद्दा दायर गरेको थियो ।