Redirecting...

गुरुङले भने- राष्ट्रियता जोगाउन र घेराबन्दी तोड्न मेरो उम्मेदवारी - nagariknews.nagariknetwork.com

गुरुङले भने- राष्ट्रियता जोगाउन र घेराबन्दी तोड्न मेरो उम्मेदवारी - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका नेता पृथ्वीसुब्बा गुरुङले पार्टीमाथिको घेराबन्दी तोड्न र राष्ट्रियताको रक्षा गर्न आफूले पदाधिकारीमा दाबी गरेको बताएका छन्।महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकहरूलाई सम्बोधन गर्दै नेता गुरुङले आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभई एमालेलाई थप गतिशील बनाउन केन्द्रित रहेको स्पष्ट पारे।नेता गुरुङले एमालेमाथि चौतर्फी हमला भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न बलियो नेतृत्व आवश्यक रहेको औंल्याएका छन्।अपिलमा उनले भनेका छन्, ‘प्रतिक्रियावादी शक्तिहरूले एमालेलाई कमजोर बनाएर देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तालाई कमजोर पार्ने दुस्साहस गरिरहेका छन्। यस्तो संगीन घडीमा एमाले केवल एउटा पार्टी मात्र होइन, यो देश जोगाउने आन्दोलन हो।’पार्टीलाई वैचारिक रूपमा इस्पात जस्तै बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै गुरुङले युवा पुस्ताको भावना समेट्ने बताए। ‘अबको एमाले युवाहरूको आक्रोशलाई शक्तिमा बदल्ने र उनीहरूको भविष्य सुनिश्चित गर्ने थलो बन्नुपर्छ,’ उनले भने।संगठनलाई चुस्त र गतिशील बनाउन तथा राष्ट्रियताको झण्डालाई कहिल्यै झुक्न नदिन आफूले उपाध्यक्ष पद रोजेको उनको भनाइ छ।आफ्नो विगतको संघर्ष, सरकार सञ्चालनको अनुभव र पार्टीप्रतिको निष्ठालाई कदर गर्दै अत्याधिक मतले विजयी गराउन उनले महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।‘सुख/दुःखमा सधैं तपाईंसँगै उभिएको मलाई विजयी गराउन यहाँको साथ र सहयोगको अपेक्षा गरेको छु,’ गुरुङले अपिल गरेका छन्।