Redirecting...

आर्सनलको जित - www.hamrokhelkud.com

आर्सनलको जित - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनल आज जित निकालेको छ। आर्सनलले वेस्टहम युनाइटेटलाई २-० ले हरायो। आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले गोल गरे। खेल अवधिभर दबाब बनाएको आर्सनलले ३८ औं मिनेटमा अग्रता बनायो। वेस्टह्यामले गतिलो पोष्ट चार्ज समेत गर्न सकेन। पहिलो हाफमा आर्सनल १-० को अग्रता बनाउन सफल‌ रहयो। वेस्टहम दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । यता आर्सनलले खेलको ६७ औं मिनेटमा प्राप्त पेनाल्टीमा साकाले गोल गरे। यो सँगै आर्सनलले २-० को सहज जित निकाल्यो।‌ साकाले खेलेको यो २ सयौं प्रिमियर लिग खेल हो। जहाँ उनले ५५ गोल र ४५ असिस्ट गरेका छन्। टोटनहमले लिड्सलाई हरायोमोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्ल लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ।‌ टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे।चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ। लिड्ससँग भने ८ अंक मात्र रहेको छ।‌The post आर्सनलको जित first appeared on हाम्रो खेलकुद.