प्रदेश र पालिका छाडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार - ekantipur.com
Source: kant
प्रतिनिधिसभा सदस्यको निर्वाचन यस पटक दलका नेता तथा कार्यकर्तालाई मात्र होइन, पालिका र प्रदेशका जनप्रतिनिधिलाई पनि लागेको छ । संघीय संसद्मा प्रवेशका लागि पालिका र प्रदेश सरकारको भूमिका छाडेर जनप्रतिनिधिहरूले उम्मेदवारी दर्ता गराएका हुन् । पाँच वर्षका लागि निर्वाचित भए पनि कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभामा जान उनीहरूमा हतार देखिएको छ ।