यस्ताे बन्याे एमालेकाे निर्णय माइन्युट समिति - janatatimes.com
काठमाडौं, मंसिर २८। नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले एघारौँ महाधिवेशनकाे निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत गठन गरिएको उक्त समितिको संयोजकमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहनुभएको छ। समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहनुभएको छ। उपमहासचिव गुरुङका अनुसार महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षहरूलाई व्यवस्थित रूपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ। ‘जिम्मेवारी निरन्तर छ’ भन्दै उहाँले समितिले महाधिवेशनका निर्णयहरूलाई आधिकारिक दस्ताबेजको रूपमा तयार पार्ने बताउनुभयाे । यसले आगामी दिनमा पार्टीको नीतिगत, सांगठनिक र ऐतिहासिक अभिलेखलाई मजबुत बनाउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।