Redirecting...

केभिआर समिट च्यालेन्जमा युगल र सान्या विजेता - ehimalayatimes.com

केभिआर समिट च्यालेन्जमा युगल र सान्या विजेता - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । केभिआर समिट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन विजयी हुनुभएको छ । दोस्रो चरणमा तेस्रो स्थानमा रहनुभएका युगल यसपटक पहिलो हुन सफल हुनुभयो । ट्रेलमाण्डु नेपालको आयोजनामा शनिबार सम्पन्न २५ किलोमिटर दौडमा युगलले दुई घण्टा ५७ मिनेट ४७ सेकेण्ड समय निकाल्दै शीर्ष स्थान हासिल गर्नुभयो । नेपालकै हरेन्द्र के. चौधरी दोस्रो र दीपक तामाङ तेस्रो हुनुभयो । हरेन्द्रले तीन घण्टा सात मिनेट ४३ सेकेण्ड र दीपकले तीन घण्टा २१ मिनेट २३ सेकेण्डमा दौड पूरा गर्नुभयो । महिलातर्फ सान्या मार्टिनले तीन घण्टा ३९ मिनेट २४ सेकेण्ड समयसहित पहिलो स्थान हात पार्नुभयो । स्टेन हेजलवर्ग दोस्रो र सोफी स्टाइनर तेस्रो हुनुभयो । १० किलोमिटर दौडमा पुरुषतर्फ सलमान शेखले एक घण्टा ३१ मिनेट १८.४८ सेकेण्डमा पहिलो स्थान प्राप्त गर्नुभयो । पेम्बा छिरिङ लामा एक घण्टा ३१ मिनेट २२.५२ सेकेण्डमा दोस्रो र पुष्कर धामी एक घण्टा ३१ मिनेट ३१.२२ सेकेण्डमा तेस्रो हुनुभयो । महिलातर्फ सितु लामाले एक घण्टा ३१ मिनेट ४०.३५ सेकेण्डसहित पहिलो स्थान जित्नुभयो भने क्लारा बर्गगारेन दोस्रो र कामाल्या लि तेस्रो स्थानमा रहनुभयो । २५ किलोमिटरको दौड गोदावरी-फुल्चोकी-मनकामना दोबाटो-बदीखेल हुँदै गोदावरीको सूर्यचौरमा सम्पन्न भएको थियो । १० किलोमिटरको दौड पनि गोदावरी-मनकामना दोबाटो-बदीखेल हुँदै सूर्यचौरमै समापन गरिएको थियो । प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत र क्यानाडाका करिब १०० जना धावक-धाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो ।