‘धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी’ - www.palikalive.com
काठमाडौं– हङकङ सिक्सेसमा नेपालको प्रदर्शन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शीर्ष स्थानमा रहेका छन् । हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल समग्रमा १२ देशले भाग लिएको प्रतियोगितामा ११औँ स्थानमा रह्यो र भारत पुछारमा रह्यो । यस प्रतियोगितामा प्लेट च्याम्पियनसिप आयोजक हङकङले जित्यो भने बाउल च्याम्पियनसिप श्रीलंकाले जित्यो । त्यस्तै धेरै रन बनाउने खेलाडीको सूचीमा नेपालका सन्दीप जोरा रहेका छन् । सन्दीपले कुल ५ खेलमा १७६ रन बनाएका छन् । सन्दीपले ५ खेलमा २३ छक्का र ७ चौका प्रहार गरेका छन् । त्यस्तै धेरै विकेट लिने खेलाडी खेलाडीको सूचीमा नेपालका रसिद खानले ९ विकेट लिएर शीर्ष स्थानमा छन् । रसिदले अफगानिस्तानविरुद्ध प्रतियोगिताको एक मात्र ह्याट्रिक समेत लिएका थिए । The post ‘धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी’ appeared first on Palika Live.