निर्वाचन आयोगको सह-प्रवक्तामा तीन जना - nagariknews.nagariknetwork.com
Source: ngrk
निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र संगीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ । आयोगका प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराई रहेका छन् भने सूचना अधिकारीमा कम्प्युटर अधिकृत सुमन घिमिरे छन् । विगतका निर्वाचनमा पनि सहायक प्रवक्ताहरु थपेर निर्वाचनका सूचना र गतिविधिलाई महत्व दिने आयोगको अभ्यास रहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ र राष्ट्रियसभा सदस्यको १८ सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि निर्धारण गरिएको छ ।