एमाले महाधिवेशन : सुरु भयो उम्मेदवारी दर्ता फारम वितरण - farakdhar.com
Source: FRDH
काठमाडौंमा जारी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । चुनावका लागि उम्मेदवारलाई मनोनयन फाराम वितरण सुरु गरिएको छ । आज दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फारम दर्ता गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरूको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ ।