भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री - nagariknews.nagariknetwork.com
Source: ngrk
प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत् क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए । “तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो,” उनले भने, “यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं भन्ने आव्हान हो ।”