Redirecting...

कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर - ehimalayatimes.com

कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेता चालिसे विघटित प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति सभापतिसमेत रहनुभएको थियो। अख्तियारले चालिसेविरुद्ध करिब ४ करोड रुपैयाँ बिगो दाबी गरेको छ। उहाँमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोप छ। चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाका प्रमुख हुनु भएकाे थियाे । २०७९ सालको निर्वाचनमा काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको थियो ।