Redirecting...

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदी विजयी - nagariknews.nagariknetwork.com

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदी विजयी - nagariknews.nagariknetwork.com
Source: ngrk

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् । सुवेदीले एक हजार चार सय ८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शिरिस पन्तले एक हजार एक सय ८५ मत पाएका थिए ।संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार मतदान भएको थियो । निर्वाचनबाट नयाँ कार्यसमितिमा सुवेदी प्यानलका अधिकांश उमेदवारहरु निर्वाचित भएका छन् ।अध्यक्षमा विजयी सुवेदी ५ पटक उवासंघको पदाधिकारीको जिम्मेवारी समालेका व्यक्ति हुन् । उनले २०६० सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष २, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष बनेर काम गरेका थिए । यस्तै पदाधिकारी र सदस्यमा पनि अधिकांश सुवेदी प्यानलका उम्मेद्वार विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका राजेन्द्र ओली भारी मतले विजयी भए । ओलीले एक हजार आठ सय ४६ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी लोक बहादुर रानाभाटले आठ सय ३४ मत मात्र प्राप्त गरे । राजेन्द्र ओली १४ वर्षदेखि उवासंघमा आवद्ध छन् । उनी कार्यसमिति सदस्य हुँदै द्धितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षका रूपमा काम गरिसकेका व्यक्ति हुन् । उद्योग वाणिज्य तर्फको उपाध्यक्षमा सुवेदी प्यानलका नारायण प्रधान विजयी भएका छन् । प्रधानले एक हजार पाँच सय ३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गुणराज पौडेलले एक हजार एक सय २० मत प्राप्त गरे । प्रधान चार कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल तृतीय उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । उद्योग तर्फको उपाध्यक्ष पदमा सिरिष पन्त प्यानलका जनक पौडेल विजयी भएका छन् । पौडेलले एक हजार चार सय एक मत प्राप्त गर्दा अकोश अधिकारीले एक हजार दुई सय ५० मत मात्र प्राप्त गरे । यसैबिच कर्पोरेट वस्तुगत तर्फको उपाध्यक्षमा सुवेदी प्यानलका राजन पिया विजयी भए । पियाले एक हजार सात १२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शंकर घिमिरेले नौ सय ५२ मत प्राप्त गरे । यस्तै कार्यसमितिको महिला सदस्य तर्फ सुवेदी प्यानलकी सुनिता लिगल कर्मचार्य भारी मतले विजयी भएकी छिन् । उनले एक हजार आठ सय ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी बिन्जुराज कर्णिकार श्रेष्ठले ७९० मत प्राप्त गरिन् । यसैगरी अन्य सदस्य पदमा पनि सुवेदी प्यानल नै आएको छ । उद्योग तर्फको कार्यसमितिमा पदमा शंकर अधिकारी, कृष्णकुमार महतो, उपेन्द्र पण्डित, अशोक श्रेष्ठ, इमान्दु बराल, सन्तोष देवकोटा, वाणिज्य तर्फको सदस्य पदमा अस्मिता तिमिल्सिना, विष्णु लम्साल, प्रविन आचार्य, गौरव श्रेष्ठ, श्रीकृष्ण लम्साल र नरेश खनाल विजयी भएका छन् । प्रविन आचार्य पन्त समुहका हुन् । वस्तुगत तर्फ नवराज सुवेदी, लोकनाथ भट्ट, बद्धिसागर कँडेल, सुरेश कुमार गुप्ता विजयी भएको चितवन उद्योग वाणिज्य संघ चितवनले जानकारी दिएको छ । कर्पोरेट र क्षेत्रिय संघ तर्फका तीन जना सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । कर्पोरेट तर्फ अशोक लामिछाने र अमित कौडाल, क्षेत्रीय संघबाट रेशम आचार्य (तुलसी)को मात्र नाम दर्ता भएको थियो ।