अब विप्लव, जनार्दन र घनश्याम एक ठाउँमा, राजनीतिक सहकार्यका लागि सहमति - farakdhar.com
Source: FRDH
देशको पछिल्लो राजनीतिक अन्योलबीच वाम नेताहरूबीच नयाँ सहकार्यको पहल भइरहेको छ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी केन्द्र) परित्याग गरेका जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल राजनीतिक सहकार्यमा उत्रिएका छन् । शुक्रबार हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्था, वाम एकताको आवश्यकता र आगामी राजनीतिक दिशाबारे विस्तृत छलफल भएको थियो । भेटपछि उनीहरूले संयुक्त रूपमा सहकार्यका लागि सहमति जनाएका छन् । &lsqu...