Redirecting...

माधवको घोषणा : झलनाथ खनाल पार्टीमा रहिरहने आधार सकियो - janatatimes.com

माधवको घोषणा : झलनाथ खनाल पार्टीमा रहिरहने आधार सकियो - janatatimes.com
Source: jant

काठमाडौं, साउन १६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाल पार्टीमा रहिरहने अवस्था सकिएको भन्दै छाडेर जान उर्दी जारी गर्नुभएको छ । आफूपछिको बरियतामा रहनुभएका पूर्वप्रधानमन्त्री खनालले पार्टीको नीतिबिपरित बोलेकोले पार्टीमा रहिरहने अधिकार सकिएको घोषणासहित खनाललाई पार्टी छाडन अध्यक्ष नेपालले उर्दी जारी गर्नुभएको हो । बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले भन्नुभयो, ‘यस्तो कुरा बोलेर पार्टीमा बस्न पाइन्न । अव त झलनाथ खनाल यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि । नैतिक अधिकार पनि रहेन । उहाँले खुरुक्क राजीनामा दिनुपर्छ, नभए बिदा गरिन्छ । पार्टी निर्णयबिरुद्ध बोल्दै पार्टीमा बस्न पाइन्न ।’ खनालले इमेज टेलिभिजनसँगको कुराकानीमा नेकपा एमाले बिभाजनको औचित्य पुष्टि नभएको भन्दै त्यो काम नै गलत रहेको निश्कर्ष सुनाउनु भएको थियो । खनालको यो अभिब्यक्तिपछि नेपालले पार्टीमा रहिरहने आधार समाप्त भएको घोषणा गर्नुभएको हो । नेपालले पार्टी निर्णय उलंघन गर्नेमा झलनाथ खनाल नम्बर वान रहेको भन्दै कडा आरोप पनि लगाउनु भएको छ भने आफूबिरुद्ध लागेको भ्रष्टाचारको मुद्धाले पार्टी नेतृत्व छाडन नपर्ने जिकिर पनि गर्नुभएको छ ।