Redirecting...

लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना हुँदैनन्, समयअनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्छन् : शंकर पाेखरेल  - janatatimes.com

लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना हुँदैनन्, समयअनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्छन् : शंकर पाेखरेल  - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर १९। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना नहुने बताउनुभएकाे छ । पुराना दलले समयअनुसार आफ्ना नीति तथा नेतृत्वलाई निरन्तर अद्यावधिक गर्दै अगाडि बढ्न सक्ने क्षमता नै उनीको मूल शक्ति भएको पाेखरेलकाे टिप्पणी छ । उहाँले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक टिप्पणी गर्दै राजनीतिक दलको आयु, भूमिका र प्रभावशीलता इतिहास र परम्परामा मात्र होइन, बदलिँदो परिस्थितिअनुसार आत्मसुधार र नेतृत्व रूपान्तरणमा निर्भर रहने उल्लेख गर्नुभएको छ। महासचिव पोखरेलले राजनीतिक स्थायित्व र संगठनात्मक जीवन्तता निरन्तर सुधारमा आधारित रहने स्पष्ट सन्देश दिनुभएको छ।’लामो इतिहास भएका राजनीतिक दलहरू कहिल्यै पुराना हुँदैनन्, किनकी उनीहरु समयअनुसार नीति र नेतृत्व अद्यावधिक गर्दै अघि बढ्ने गर्दछन्’, पोखरेलले लेख्नु भएकाे छ । उहाँको उक्त अभिव्यक्ति हालै एमालेभित्र चलिरहेको नेतृत्व चयन, संगठन सुदृढीकरण तथा नीति अद्यावधिकबारेको आन्तरिक छलफलसँग पनि सम्बद्ध रहेको बुझिन्छ। नेकपा (एमाले)ले भर्खरै विभिन्न स्तरका भेला, महाधिवेशन तयारी तथा नेतृत्व चयनकाे लागि बहस चलाइ रहेकाे सन्दर्भमा महासचिव पोखरेलको यस्तो टिप्पणीलाई पार्टीभित्र चलिरहेको बहसको निरन्तरता रूपमा हेरिएको छ।