Redirecting...

‘प्रदीप ज्ञवाली रोइरहेको’ भिडिओ एआई निर्मित, यी हुन् भाइरल बनाउने चर्चित पेजहरू - www.sutranews.com

‘प्रदीप ज्ञवाली रोइरहेको’ भिडिओ एआई निर्मित, यी हुन् भाइरल बनाउने चर्चित पेजहरू - www.sutranews.com
Source: sutr

काठमाडौं । सोमबारदेखि सामाजिक सञ्जालमा नेकपा एमाले नेता प्रदीप ज्ञवाली रुँदै फर्किएको दाबी गर्दै फोटो र भिडिओ भाइरल भएको थियो। फेसबुक र एक्समा ‘जोक्स नेपाल’, ‘एभरेस्ट दैनिक’ लगायतका पेज र प्रयोगकर्ताहरूले फोटो र भिडिओ शेयर गरेका थिए। फोटोमा ज्ञवाली रोइरहेको देखिन्छ, भिडिओमा पनि उनले महासचिव पद नपाएपछि रोएको दाबी गरिएको थियो। तर ती सामग्री एआई वा भिडियो एडिटिङ टुलको प्रयोग गरेर मोडिफाई गरिएको टेकपानासहितले गरेको फ्याक्टचेकमार्फत् पुष्टि भएको छ। वास्तविक फोटोमा ज्ञवाली रोएको छैन, तर भाइरल फोटोमा वाटरमार्क तोडफोड गरिएको थियो। भिडियो वास्तवमा ३ मंसिर २०८२ (१९ नोभेम्बर २०२५) मा खिचिएको पुरानो फुटेज हो। यसरी सोमबार भाइरल फोटो–भिडिओमा देखाइएको ज्ञवाली रोइरहेको दाबी पूर्ण रूपमा फेक भएको पाइएको हो। यी सामग्री एआई र भिडियो एडिटिङ प्रयोग गरेर बनाइएका भ्रामक हुन्।