Redirecting...

झलनाथलाई एकीकृत समाजवादी त्याग्न माधव नेपालको सुझाव - www.sutranews.com

झलनाथलाई एकीकृत समाजवादी त्याग्न माधव नेपालको सुझाव - www.sutranews.com
Source: sutr

मोरङ । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी परित्याग गर्न सुझाव दिएका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै नेता खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका हुन् । खनालले एमाले टुक्रयाउनु गलत रहेको अभिव्यक्ति दिएकाले नैतिकताका आधारमा एकीकृत समाजवादीबाट बिदा हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । नेता खनालमाथि पार्टीको संस्थागत निर्णय नमान्ने गरेको पनि उनको आरोप छ ।