Redirecting...

खुद सेवा आय ९७ अर्ब ३३ करोडले घाटामा - bankingsamachar.com

खुद सेवा आय ९७ अर्ब ३३ करोडले घाटामा - bankingsamachar.com
Source: bkns

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा खुद सेवा आय ९७ अर्ब ३३ करोडले घाटामा रहेको छ । केन्द्रीय बैंककाे तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ६.९ प्रतिशतले वृद्धि हुँदै ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.५ प्रतिशतले वृद्धि हुँदै २०३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १२४ अर्ब ८० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १७५ अर्ब १६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ११७ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।