पहिरोले अरनिको राजमार्ग अवरुद्ध - mahendranagarpost.com
Source: madn
काठमाडौं । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पुनः अवरुद्ध भएको छ । भोटेकोसी गाउँपालिका–२, कोदारीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । आइतबार (साउन १८) बिहान करिब ५ः२० बजे उक्त स्थानस्थित इकुमा पहिरो खसेको हो । अविरल वर्षासँगैको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा यसपालि केहीपटक पहिरो खसिसकेको छ । पहिरो पन्छाएर सडक पुरानै अवस्थामा फर्काउने गरिँदै आएको छ । The post पहिरोले अरनिको राजमार्ग अवरुद्ध appeared first on MahendranagarPost.