Redirecting...

बलिउडमा पहिचान बनाउँदै नेपाली कलाकार - farakdhar.com

बलिउडमा पहिचान बनाउँदै नेपाली कलाकार - farakdhar.com
Source: FRDH

सिनेमा र संगीतको क्षेत्रमा बलिउडलाई सबैभन्दा ठूलो र प्रतिष्ठित बजार मानिन्छ । यही बलिउडको चम्किलो दुनियाँमा पछिल्लो समय नेपाली कलाकारले पनि आफ्नो पहिचान बनाउँदै सफलता पाइरहेका छन् । केही वर्षयता गायन, अभिनय र निर्देशनका क्षेत्रमा नेपाली प्रतिभाको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ । कुनै समयसम्म भारतको संगीत उद्योग हेरेर प्रेरणा लिने मात्र अवस्थामा रहेको नेपाली संगीत आज सहकार्यको विन्दुमा आइपुगेको छ, जहाँ नेपाली कलाकारले आफ्ना मौलिक सिर्जनामा भारतका चर्चित संगीतकार र गायक-गायिकाको स्वर र प्रभाव समेट्न थालेका छन् । ...