Redirecting...

निर्वाचन आयोगको निर्णय सबैले स्विकार्नुपर्छ, निर्वतमान सभापति देउवाले रोक भन्‍नुपर्छ : गगन थापा - janatatimes.com

निर्वाचन आयोगको निर्णय सबैले स्विकार्नुपर्छ, निर्वतमान सभापति देउवाले रोक भन्‍नुपर्छ : गगन थापा - janatatimes.com
Source: jant

काठमाडौं, माघ ३ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णय सबैले स्विकार्नुपर्ने बताउनुभएको छ। नवनिर्वाचित कांग्रेसको केन्द्रीय समिति बैठक अगाडि आज पत्रकारसँग कुरा गर्दै उहाँले भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा सहभागी भएपनि नभएपनि त्यो च्याप्टर सकिएर पार्टी अगाडि बढिरहेको बताउनुभयो । उहाँले निवर्तमान सभापति शेरबहादुर देउवाले संरक्षकको भूमिकामा रहेर सन्देशमार्फत पार्टीमा फर्कन आह्वान गर्नुपर्ने बताउनुपर्ने बताउनुभयो। थापाले भन्नुभयो, ‘आयोगका निर्णयलाई सबै एकैठाउँमा बसेर कार्यान्वयन गर्नुपर्छ। पार्टीका सबै एकै ठाउँमा जम्मा होउँ। निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको संरक्षकको भूमिकामा रहनुपर्छ र उहाँले अब देशभरका साथीलाई रोक, सकियो भनेर आह्वान गर्नुपर्छ।’ उहाँले शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर थापाले पनि सोही भूमिका खेलेर पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।