एकनाले भरूवा बन्दुक बरामद - www.nepaliheadline.com
Source: nplh
अर्घाखाँची-शितगंगा नगरपालिका-१० खुम्चीकोटस्थित बारीको ओढारबाट एकनाले भरूवा बन्दुक २ थान, सिसाको जस्तो देखिने गोला टुक्रा १४ थान, बारूद जस्तो देखिने बस्तु करिब २ सय ५० ग्राम र सानो टिकी पटका १ बट्टा शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय ठाडादहबाट खटिएको प्रहरीले उक्त ओढारमा लुकाई/छिपाई राखिएको उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।