रास्वपाका उम्मेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु - kendrabindu.com
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो । चुनावप्रचारकै क्रममा रहेको बेला दिउँसो बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिकालाई ठक्कर दिएको थियो । गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको हो । घाइते बालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पुर्याएका थिए । उपचारको क्रममा उनको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताए ।