Redirecting...

सकुनलाई रजत - ehimalayatimes.com

सकुनलाई रजत - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । सकुन सुनुवारले कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जित्नुभएको छ । डिसेम्बर ६ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सकुनले रजत जितेको पामका जुडो मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो । युएईमा भएको उक्त प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेल्नुभएको थियो । सकुन त्यस एकेडेमीमा प्रमुख प्रशिक्षकका रूपमा काम गर्दै आएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो । सुरुवाती जुडो न्यु होराइजनबाट सुरु गर्नुभएकी सकुनले पछि बन्दी सहायता नियोग (पाम) मा आबद्ध भई खेलाडीलाई प्रशिक्षण दिनुका साथै पढाउँदै आउनुभएको थियो ।