विष्णु छैनन् ईश्वरको साथमा, भन्छन्- ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ - farakdhar.com
Source: FRDH
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बहुदलीय व्यवस्थामा पिल्लर राजनीतिक दल भएको भन्दै दलहरुको गतिविधिलाई नियन्त्रण र नेतालाई अपमान गरेर चुनाव हुन नसक्ने धारणा राखेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले चुनावी वातावरण बनाएपछि मात्रै निर्वाचन हुने बताउँदै चुनाव–चुनाव भनेर मात्रै केही नहुने बताएका हुन् । उनले भने, ‘चुनाव भन्ने भन्दा पनि गर्ने कुरा हो । चुनाव गर्ने हो भने चुनाव हुने खालको तयारी गर्नुपर्छ । चुनावको लागि अनुकूल वातावरण नबनाइकन कसरी चुनाव हुन्छ...