जाडोमा मोजा लगाएर सुत्नु ठिक कि गलत ? - farakdhar.com
Source: FRDH
जाडो मौसममा खुट्टा चिसो हुनबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको राति मोजा लगाएर सुत्नु हो । तर के यो राम्रो बानी हो ? के मोजा लगाएर सुत्दा कुनै ‘साइड इफेक्ट’ पनि हुन सक्छ ? राति खुट्टा चिसो हुनबाट बच्न मोजा लगाउन सकिन्छ । यसले खुट्टा न्यानो रहन्छ र राति बारम्बार निन्द्रा पनि खुल्दैन । विज्ञका अनुसार, खुट्टा तातो हुँदा शरीरका रक्त नलीहरू फैलिन्छन्, जसलाई ‘वेसोडिलेसन’ भनिन्छ । यसले शरीरलाई आरामको अवस्थामा लैजान मद्दत गर्छ र दिमागलाई निन्द्राको सङ्केत दिन्छ । खुट्टा न्यानो हुँदा मानिसलाई छ...