ओलीले महासचिवको पद नदिएपछि प्रदीप ज्ञवाली असन्तुष्ट, केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवालीले महासचिवको दाबेदारी नपाउँदा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा केही बेरपछि उनी फर्किएर केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराए । अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई महासचिव पदमा पुनर्निर्वाचनको लागि मनोनयन गरेपछि ज्ञवालीको असन्तुष्टि र विद्रोहले पार्टी संस्थापनमा चुनौती सिर्जना गरेको छ । ज्ञवालीलाई महासचिवको उम्मेदवार नबनाएपछि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपाध्यक्ष विष्णु...