Redirecting...

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता - farakdhar.com

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ६८ लाख रुपैयाँ बिगो कायम गर्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। चालिसे गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी रूपमा उक्त रकम आर्जन गरेको आरोप छ । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। त्यसअघि चालिसे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।