Redirecting...

सिटिजन्सको लिडरसिप अभिमुखीकरण कार्यक्रम - ehimalayatimes.com

सिटिजन्सको लिडरसिप अभिमुखीकरण कार्यक्रम - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । सिटिजन्स बैंकले मधेस प्रदेशमा शाखा-प्रबन्धक र अन्य सहकर्मीका लागि ‘मधेस लिडरसिपः ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स’ शीर्षकमा सेमिनार सम्पन्न गरेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप-प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति थियो । कार्यक्रममा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकतामा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ को असारसम्म सिटिजन्स बैंकले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ । सो अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ५७ अर्ब ५८ करोड थियो । निक्षेप संकलन पनि ११.६९ प्रतिशतले बढेर दुई खर्ब १४ अर्ब आठ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । त्यस्तै, खुद ब्याज आम्दानी ११.२० प्रतिशतले बढेर छ अर्ब ३६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।