Redirecting...

सेयर बजारमा सामान्य वृद्धि - www.onlinepana.com

सेयर बजारमा सामान्य वृद्धि - www.onlinepana.com
Source: onpa

काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् ।यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् । The post सेयर बजारमा सामान्य वृद्धि appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).