किसान नेता भीमदत्त पन्तको आज स्मृति दिवस मनाइँदै - ujyaaloonline.com
Source: unn
कञ्चनपुर – किसान नेता भीमदत्त पन्तको आज स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । १९८३ मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायकोविरुद्धमा विद्रोह गर्नुभएको थियो । सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहारका अनुसार भीमदत्त सामाजिक न्यायको लागि समर्पित हुनुहुन्थ्यो । पूर्वसांसद निरा जैरूका अनुसार भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभएको थियो । जोताहा किसानको पक्षमा उहाँले गरेको ...