स्थानीय सरकारले दियो शुक्रबार सार्वजनिक बिदा - www.sutranews.com
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आउँदो शुक्रबार (पुस ४) गते सार्वजनिक बिदा दिएको छ । मंगलबारको कार्यपालिका बैठकको निर्णयअनुसार विष्णुपादुका मन्दिर क्षेत्रमा पितृ उद्धारका लागि पौषे औंशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । बुधबार उपमहानगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले बिदासम्बन्धमा जारी गरेको विज्ञप्ति : यही मिति २०८२ साल पौष ४ गते शुक्रवारका दिन पूर्वको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र धर्तीको पहिलो श्राद्ध स्थल धरान– २० स्थित विष्णुपादुका मन्दिर क्षेत्रमा पितृ उद्धारका लागि पौषे औंशीका दिन लाग्ने धार्मिक मेलाको अवसरमा मिति २०८२/०९/०१ गतेको कार्यपालिका वैठकको निर्णयानुसार स्थानीय बिदा दिने निर्णय भएको हुँदा धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था/कार्यालयहरु (अत्यावश्यक सेवा बाहेक) र धरान स्थित शैक्षिक संस्थाहरुमा समेत मिति २०८२/०९/०४ गते, शुक्रबारका दिन स्थानीय बिदा दिइएको बेहोरा जानकारी गराइन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असुविधा प्रति उपमहानगरपालिका क्षमाप्रार्थी छ । हर्कराज राईनगर प्रमुख