प्रलेस दाङद्वारा साहित्यपोष्टकर्मी रेग्मीसहित आठ स्रष्टा पुरस्कृत तथा सम्मानित - sahityapost.com
दाङ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) दाङले आफ्नो स्थापना दिवसको अवसरमा साहित्य तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्याउनुभएकाे आठ जना स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ। आगामी पुष ३ गते आयोजना हुने विशेष कार्यक्रममा स्रष्टाहरूलाई विभिन्न पुरस्कार तथा सम्मानद्वारा कदर गरिने आयोजकले जनाएको छ। यस अवसरमा गोविन्द चिस सर्जक पुरस्कारबाट साहित्यपोष्ट अनलाइन पत्रिकाका छन्दकविता सम्पादक तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मी पुरस्कृत हुनुहुने भएकाे छ । साहित्य सिर्जनामा निरन्तर सक्रिय रहँदै समाजका विविध पक्षलाई कलात्मक रूपमा अभिव्यक्त गरेको योगदानको कदरस्वरूप उहाँलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। त्यस्तै, अनन्त टीका प्रतिभा पुरस्कारबाट भगवती चौधरी, चिन्तामणि–जमुना साहित्य पुरस्कारबाट खगेश्वर भण्डारी, लिला–फना वसन्ता स्रष्टा सम्मानबाट दुर्गालाल केसी, कृष्ण–गायत्रा साहित्य पुरस्कारबाट गणेश विषम, तथा सुदय–केशव तिलोत्तमा पुरस्कारबाट भुवन देवकोटा ‘शरद’ पुरस्कृत तथा सम्मानित हुनुहुनेभएकाे छ । यस वर्षको प्रगतिशील साहित्य पुरस्कारबाट श्याम चिस पुरस्कृत हुनेछ भने प्रगतिशील साहित्यमा उल्लेखनीय योगदान पुर्याएको कदरस्वरूप साहित्यकार तथा शिक्षासेवी नारायण तर्ताल सम्मानित हुनुहुनेछ । पुरस्कार तथा सम्मानका लागि स्रष्टा छनोट गर्न गठित प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल, प्रलेस दाङका पूर्व अध्यक्ष शरद अधिकारी तथा वर्तमान अध्यक्ष चन्द्रबहादुर थापा सदस्य रहनुभएकाे थियाे । प्रलेस दाङले साहित्यिक सिर्जना र प्रगतिशील चेतनाको प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। The post प्रलेस दाङद्वारा साहित्यपोष्टकर्मी रेग्मीसहित आठ स्रष्टा पुरस्कृत तथा सम्मानित appeared first on साहित्यपोस्ट.