Redirecting...

भारतमा न्युजिल्यान्डको ऐतिहासिक जित - www.hamrokhelkud.com

भारतमा न्युजिल्यान्डको ऐतिहासिक जित - www.hamrokhelkud.com
Source: hkhe

एजेन्सी – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम खेलमा भारतलाई ४१ रनले हराउँदै भारतमा पहिलोपटक ओडिआई सिरिज जितेर इतिहास रचेको छ। न्युजिल्यान्डले २-१ ले सिरिज जितेको छ। विराट कोहलीको शानदार शतकका बाबजुद भारतको हार टरेन । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३७ रनको विशाल स्कोर बनायो। न्युजिल्यान्डका ड्यारिल मिचेलले १ सय ३७ रन र ग्लेन फिलिप्सले १ सय ६ रनको शतकीय इनिङ खेले। मिचेलले १ सय ३१ बलमा १५ चौका र ३ छक्का प्रहार गरे । फिलिप्सले ८८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यी दुईले तेस्रो विकेटका लागि १ सय ८६ बलमा २ सय १९ रनको साझेदारी गर्दै भारतीय बलिङ आक्रमणमाथि प्रभुत्व जमाए। भारतका लागि अर्शदीप सिंह र हर्षित रानाले समान ३ विकेट लिए। खेलको सुरुवातमै भारतले न्युजिल्यान्डलाई दबाबमा पारेको थियो। हेन्री निकोल्स पहिलो बलमै आउट भए भने त्यसको तीन बलपछि नै डेभन कनवे पनि पवेलियन फर्किए। ७ बलमै न्युजिल्यान्ड ५/२ को अवस्थामा पुगेको थियो। तर त्यसपछि मिचेल र विल यंगले इनिङ सम्हाले। यंग आउट भए पनि मिचेलले ग्लेन फिलिप्ससँग मिलेर खेललाई मोडे । जवाफमा भारतले पनि आक्रामक सुरुवात गर्ने प्रयास गर्‍यो। रोहित शर्मा (११ रन) र शुभमन गिल (२३ रन) ले पहिलो ४ ओभरमै पाँच चौका प्रहार गरे। तर पावरप्लेभित्रै दुवै ओपनर आउट भए। श्रेयस अय्यर (३) र केएल (१) राहुल पनि सस्तोमा आउट हुँदा भारत ४ विकेटको‌ नोसानीमा ७१ रन जोड्दै संकटमा पुग्यो। त्यसपछि विराटले जिम्मेवारी सम्हाले। उनले नितिश रेड्डीसँग मिलेर इनिङ अघि बढाए। नितिशले ५७ बलमा समान २ छक्का र चौकासहित ५३ रन बनाउँदै आफ्नो पहिलो ओडिआई अर्धशतक पूरा गरे। विराटले उत्कृष्ट ब्याटिङ गर्दै १ सय ८ बलमा १० चौका र ३ छक्का सहित सय २४ रनको शतकीय इनिङ खेले। अन्त्यतिर हर्षितको साथमा विराटले खेलमा रोमाञ्चक बनाए पनि लक्ष्य पूरा गर्न सकेन । हर्षितले ४३ बलमा समान ४ छक्का र चौकामा ५२ रन जोडे। अन्त्यमा भारत ४६ ओभरमा २ सय ९६ रनमा अलआउट भयो । The post भारतमा न्युजिल्यान्डको ऐतिहासिक जित first appeared on हाम्रो खेलकुद.