आक्रमक रणनीति बुन्दै निसान र रेनो, ३/३ नयाँ मोडलको तयारी - www.meroauto.com
काठमाडौं । कुनै समयको चर्चित एलाइन्स रेनो-निसान-मित्सुविसी मध्ये भारतमा रेनो र निसानले राम्रै साझेदारी गर्दै आएका थिए । जापानी ब्राण्ड निसानले आर्थिक संकट भोगेसँगै धेरै कुरा उथलपुथल भयो । अहिले निसानले आफ्नो कमजोर रणनीति बलियो बनाउँदै लगेको छ भने भारतमा रेनोसँगको साझेदारी कायम नै छ । यद्यपि, निसानले भारतमा रहेको प्लान्टको सम्पूर्ण हिस्सा रेनोलाई बिक्री बिक्री गरिसकेको छ । सन् २०२३ को अन्तिमबाट ओरालो यात्रामा देखिएका रेनो र निसानले भारतमा आक्रमक बजार बिस्तार गर्ने रणनीति तयार पारेका छन् । जसमा आगामी ६ महिना भित्र दुबै ब्राण्डले ३/३ वटा नयाँ मोडल बजारमा ल्याउने भएका हुन् । निसानले ३ दिनपछि डिसेम्बर १८ तारिखमा नै चार मिटरभन्दा छोटो एमपीभी सार्वजनिक गर्दैछ । भारतमा ६ लाखभन्दा कम सुरुवाती मूल्य तोकेर आउन सक्ने निसानको नयाँ एमपीभी जनवरीबाट बिक्री नै सुरु हुनेछ । निसानको नयाँ एमपीभीमा रेनो ट्राइबरमा रहेका धेरै मेकानिकल पार्ट्सहरु प्रयोग हुनेछन् । तर, यसको बाहिरी डिजाइन र भित्री इन्टेरियर भने फरक पाउन सकिन्छ । मोर्डन बम्पर, १५ इन्चको अलोय ह्वील, निकै ट्वीक गरिएको हेडल्याम्प र टेल ल्याम्प क्लष्टर निसानले प्रयोग गर्नेछ । जनवरी २६ तारिखमा रेनोले भारतमा थर्ड जेनेरेसन डस्टर सार्वजनिक गर्नेछ । नयाँ डस्टर पहिलेको भन्दा निकै स्मार्ट, सार्प र परिस्कृत डिजाइनमा उपलब्ध हुनेछ । थर्ड जेनेरेसन डस्टर १.० र १.३ लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । साथै, नयाँ डस्टरमा हाइब्रिड इन्जिन पनि उपलब्ध हुनेछ । निसान ‘टेक्टन’ एसयूभी पनि सन् २०२६ को दोस्रो क्वाटरमा आउने छ । यो थर्ड जेनेरेशन डस्टरमा आधारित हुने पक्का छ । बाहिरी डिजाइनमा विल्कुलै फरक पाउन सकिने टेक्टन एसयूभीमा इन्जिन लगायतका मेकानिकल पार्ट्स डस्टरकै जस्तो रहनेछ । यसका अलावा रेनोले इलेक्ट्रीक क्वीड पनि भारतमा बिक्री सुरु गर्नेछ । बढ्दो ईभीको बजारलाई मध्यनजर गर्दै रेनोले आफ्नो इन्ट्री लेभल ह्याचव्याकको इलेक्ट्रीक भर्सन बजारमा ल्याउने छ । रेनोले काइगर सब फोर मिटर एसयूभीलाई पनि अपग्रेड गर्ने योजना अगाडि सारेको छ । त्यहि निसानले २०२६ मै अर्को नयाँ एसयूभी पनि बजारमा उतार्ने योजना सार्वजनिक गरिसकेको छ । यी दुई ब्राण्डले सन् २०२६ मा मिलाएर ३/३ नयाँ मोडल बजारमा उतार्नेछन । The post आक्रमक रणनीति बुन्दै निसान र रेनो, ३/३ नयाँ मोडलको तयारी appeared first on Meroauto.