Redirecting...

फेरि छलफलमा जुटे कांग्रेसका तीनै पक्ष - corporatekhabar.com

फेरि छलफलमा जुटे कांग्रेसका तीनै पक्ष - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसमा उत्पन्न विवाद समाधान गर्न वार्ता सुरु भएको छ । विशेष महाधिवेशन विवाद मिलाउन कांग्रेसका तीनै पक्षका नेताहरू वार्तामा बसेका छन् । वार्तामा नेपाली कांग्रेसको संसथापनपक्ष, विशेष महाधिवेशनपक्षधर र डा. शेखर कोइराला गरी तीनै पक्षका नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा संस्थापन समूहबाट बालकृष्ण खाँड र रमेश लेखक सहभागी छन् । बिहानको बैठकमा विशेष पक्षको मागपछि सभापति शेरबहादुर देउवासँग संवाद गरेपछि उनीहरू पुन: छलफलमा लागि पुगेका हुन् । विशेष महाधिवेशनपक्षबाट गुरु घिमिरे, प्रदीप पौडेल, मधु आचार्य र देवराज चालिसे सहभागी छन् । छलफलमा शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियारले प्रतिनिधित्व गरेका छन् । मंगलबार बिहानको छलफलमा विशेषपक्षधारले विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने, आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने, टिकटमा सभापति शेरबहादुर देउवाको नभई पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्नेसहितका माग राखेका थिए । तर, संस्थापनपक्ष कार्यसम्पादन समितिको बैठकबाट दुईपटक औचित्यहीन भनेर गरेको निर्णयलाई उल्ट्याउने पक्षमा छैनन् । The post फेरि छलफलमा जुटे कांग्रेसका तीनै पक्ष appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.