Redirecting...

एमालेले जिते देशले जित्ने भन्दै नुवाकोटका बहालवाला वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश - janatatimes.com

एमालेले जिते देशले जित्ने भन्दै नुवाकोटका बहालवाला वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश - janatatimes.com
Source: jant

नुवाकोट, फागुन ३ । नुवाकोट जिल्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काे दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ नेकपा परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नु भएको छ । तामाङले आफू एक्लै नभई ५ सयभन्दा बढी समर्थक तथा कार्यकर्तासहित एमाले प्रवेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले ‘काम गर्न सक्ने र स्पष्ट भिजन भएका नेता बद्री मैनाली नै हुनुहुन्छ’ भन्दै नेकपा छाडेर एमाले रोजेको बताउनुभयो । विगतमा तत्कालीन माओवादी र नेकपाले दुई पटकसम्म चुनाव जित्दा पनि नुवाकोटमा उल्लेखनीय विकास हुन नसकेको भन्दै उहाँले आत्मग्लानि व्यक्त गर्नुभयो। ‘जनताले विश्वास गरेर जिताए पनि अपेक्षित काम हुन सकेन, त्यसैले अब स्पष्ट दृष्टिकोण र विकासको योजना भएका नेतृत्वसँग उभिन आवश्यक ठानेँ,’ तामाङको भनाइ छ । आगामी निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार बद्री मैनालीलाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको उहाँले बताउनुभयो। ‘बद्री मैनाली दुई तिहाइ मतले जित्नुहुन्छ, त्यो आधार देखेरै म बहालवाला वडाध्यक्षसमेत एमाले प्रवेश गरेको हुँ, उहाँ जित्नु भनेको नुवाकोटका जनता जित्नु हो, नुवाकोट बनाउने हुटहुटी बोकेको जनताको प्रतिनिधि नै बद्री मैनाली मात्र हो,’ तामाङले भन्नुभयो। एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा तथा चुनाव चिन्ह हस्तान्तरण गर्दै तामाङलाई स्वागत गर्नु भएको थियाे। तामाङसँगै दुप्चेश्वरबाट युवा राजेश तामाङ पनि एमाले प्रवेश गर्नु भएको छ । कार्यक्रममा मैनालीले नुवाकोटको विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ‘जनताको विश्वास जितेर परिणाममुखी काम गर्ने’ अठोट दोहोर्‍याउनु भयो। एमाले पक्षका नेताहरूले जनताबिच लोकप्रिय बन्दै गएका मैनालीलाई साथ दिन विभिन्न दल परित्याग गर्नेहरूको सङ्ख्या हजार नाघेको दाबी गर्नु भएको छ। यसअघि पनि नेपाली कांग्रेस र नेकपाबाट सयौँ कार्यकर्ता एमाले प्रवेश गरिसकेको उहाँले बताउनुभयो । ककनी गाउँपालिकामा ‘जेनजी प्रोटेस्ट’मा सहभागी सयौँ युवाले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा एमाले स्पष्ट नीति र कार्यक्रम भएको पार्टी भएको उल्लेख गर्दै नुवाकोटको विकासका लागि मैनाली नयाँ र काम गर्ने अनुहार भएको बताउनुभएको थियाे । एमाले प्रवेश गरेका तामाङले दुप्चेश्वर क्षेत्रमा एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।